सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबिच बैठक सुरू गरेका छन्।
उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस्, भनि प्रस्ताव गर्न समय दिएका थिए।
सभामुखले समय दिए लगत्तै कांग्रेस सांसदहरूले मन्त्री पोखरेललाई रोष्टममा जानबाट रोकेका थिए। केही बेरको धकेलाधकेलपछि सभामुखम महराले बैठक पुनः १५ मिनेटका लागि स्थगित गरेका छन्।