राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को संयोजक पद अब अनिलकुमार झाले सम्हाल्ने भएका छन्। चक्रिय प्रणालीअनुसार सोमबारदेखि झाले संयोजक सम्हाल्ने राजपाले जनाएको छ।
राजपा संयोजक शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको बैठकले पार्टीको महाधिवेशनका लागि एकवर्ष समय थप गरेको छ। दुई वर्षभित्र महधिवेशन गर्ने भन्ने विधानमा रहेको व्यवस्था लाई तीन वर्ष बनाइएको छ।
साथै बैठकले महाधिवेशनपछि अध्यक्ष एकजना मात्रै रहने व्यवस्था विधानमा उल्लेख गरेको पार्टीका प्रवक्ता केशव झाले सेतोपाटीलाई बताए।
‘महाधिवेशनपछि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेकोमा अब उप्रान्त महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्ष प्रणालीमा अघि बढाउने’ निर्णय भएको उनले बताए।