भारतीय लोकसभा चुनावमा धेरैले चासो राख्ने एउटा क्षेत्र हो, बिहार राज्यको बेगुसराय।
प्रधानमन्त्री नरेन्द्रमोदीका कडा आलोचक तथा युवा नेता कन्हैया कुमार यहाँबाट चुनाव लडेका छन्।
तर अहिलेसम्मको मतपरिणाममा भने उनी ५३ हजार मतले मोदीको पार्टी भाजपाका उम्मेदवार गिरिराज सिंहभन्दा पछि परेका छन्।
विहारका चर्चित नेता तथा पूर्वमुख्यमन्त्री लालु यादवको पार्टी आरजेडीका उम्मेदवार तनवीर हनस बेगुसरायको तेस्रो स्थानमा छन्।