नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानकै क्रममा रक्तदान गरेको छ।
काठमाडौं भृकुटीमण्डपमा बिहिबार कांग्रेस जिल्ला सम्पर्क समितिहरूले आयोजना गरेको रक्तदानमा प्रवक्ता विश्वप्रकाश शर्मा, तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीलगायतले पनि रक्तदान गरे।
प्रवक्ता शर्माका अनुसार अब हरेक महिनाको अन्तिम साता शनिबार जिल्ला समितिहरूको आयोजनामा निरन्तर रक्तदान गरिन्छ।
‘काठमाडौंका अस्पतालमा आवश्यक पर्ने रगतको परिपूर्तिका लागि सहयोग गर्न रक्तदान गरिएको हो,’ शर्माले भने।
कांग्रेसले घोषणा गरेको पहिलो चरणको जागरण अभियान शनिबार सकिँदैछ।