बहुचर्चित गुठी विधेयक र आफ्नो युरोप भ्रमणलगायत विषयमा संसदबाट सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेका छन्।
यसअघि प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले समसामयिक विषयमा गर्ने भनिएको सम्बोधन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण रोकिएको थियो।
बैठकमा पहिला प्रधानमन्त्री केपी शर्मा ओली बोल्ने कि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्ने विषयमा विवाद हुँदा बैठक स्थगित भएको हो।
हेर्नुस्, लाइभ