नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताएका छन्।
४१ औं पुष्पलाल स्मृति दिवसमा कीर्तिपुर चम्पादेवीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफैंभित्र देखिएका कमजोरी सच्याउने संकल्प गर्नुपर्ने बताए।
‘हामीमा देखिने कमीकमजोरी सच्याउने संकल्प गर्नुपर्छ,’ उनले भने, ‘पुष्पलाललाई सम्झनुको अर्थ हामीले आफैंभित्र देखिने कमीकमजोरी सच्याउने कुरा पनि हो। आफैंलाई धोइ पखाली गरेर सफा गर्ने कुरा पनि हो।’
उनले पार्टी एकतालाई सुदृढ गरेर जनतामाझ जाने बताए।
पार्टी एकता हुनै सक्दैन भन्नेहरूलाई एकता गरेर देखाइदिएको उनको भनाइ छ।