नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरस्थित चम्पादेवीमा रहेको नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका छन्।
४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा प्रचण्डले चम्पादेवी पुगी पुष्पलालको शालिकमा माल्यार्पण गरेका हुन्।
सो अवसरमा बोल्दै प्रचण्डले आफैंभित्र देखिएका कमजोरी सच्याउने संकल्प गर्नुपर्ने बताए।
‘हामीमा देखिने कमीकमजोरी सच्याउने संकल्प गर्नुपर्छ,’ उनले भने, ‘पुष्पलाललाई सम्झनुको अर्थ हामीले आफैंभित्र देखिने कमीकमजोरी सच्याउने कुरा पनि हो। आफैंलाई धोइ पखाली गरेर सफा गर्ने कुरा पनि हो।’
उनले पार्टी एकतालाई सुदृढ गरेर जनतामाझ जाने बताए।
पार्टी एकता हुनै सक्दैन भन्नेहरूलाई एकता गरेर देखाइदिएको उनको भनाइ छ।
सो अवसरमा नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल , महासचिव विष्णु पौडेल, वामदेव गौतम, योगेश भट्टराई लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
सबै तस्बिरहरू : नारायण महर्जन/सेतोपाटी