नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।
मंगलबार बिहान साढे ९ बजे होटल मेरियटमा देउवा र यीबीच भेटवार्ता भएको देउवाका सहयोगी भानु देउवाले बताए।
‘द्विपक्षीय हितका विषयमा छलफल भयो,’ उनले भने।
तीन दिने भ्रमणका लागि आइतबार नेपाल आएका विदेशमन्त्री यीले आजै बिहान सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि सोही होटलमा भेटवार्ता गरेका थिए।