प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पशुपतिनाथमा हरेक साँझ आरती सुरू गर्नु पहिले राष्ट्रियगान बजाउनुपर्ने निर्णय फिर्ता गर्न माग गरेका छन्।
संसदमा भजन र भजनक्रममा राष्ट्रगान प्रीतिकर नहुने शर्माले उल्लेख गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भदौ १३ गते आरतीअघि राष्ट्रियगान बजाउनुपर्ने नियम लगाएका थिए। यो निर्णयलाई लिएर समर्थन र विरोध भइराखेको छ।
‘प्रिय मित्र योगेश भट्टराई, पशुपतिको आरतीमा राष्ट्रगान फ्युजनको निर्णयमा ब्याक गियर लगाउनुस्। संसदमा भजन र भजनक्रममा राष्ट्रगान प्रीतिकर हुन्न,’ शर्माले ट्वीट गर्दै भनेका छन्, ‘अध्यात्म र राष्ट्रियता भिन्न हुन्। मार्क्सवादी कोणबाट यी दुवैको फरक गरिमा र गाम्भिर्य बुझ्न कठिन दोषलाई शिरबाट ओह्राल्नुस् कमरेड।’
यो पनि:
आर्यघाटमा आरतीअघि राष्ट्रिय गान बजाउन रोक्ने संस्थालाई कारबाही गर्ने तयारी