त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति नियुक्तिका लागि गठित समितिले डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस गरेको छ।
त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजत्वमा गठित सिफारिस समितिले डा. भगवान् कोइरालासहित तीनजनाका सिफारिस गरेको हो।
यस सिफारिसको पहिलो नम्बरमा डा. भगवान कोइराला परेका छन् भने दोश्रो र तेश्रोमा क्रमशः मेडिकल काउन्सिलका निवर्तमान अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा र राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षसमेत रहेका डा. चन्द्रमणि पौडेल परेका छन्।
त्रिविका सहकुलपति पोखरेलको संयोजकत्वमा गठित समितिले ओलीसमक्ष सिफारिस यी तीन नाम सिफारिस गरेको हो। तीनजनामध्ये कुलपतिलाई उपयुक्त लागेको एकजना व्यक्तिले त्रिविको उपकुलपतिमा नियुक्त पाउनेछन्।
श्रोतका अनुसार प्रधानमन्त्री ओलीको इच्छा अनुसार कोइरालाको नाम एक नम्बरमा सिफारिस गरिएको हो।