उपनिर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारलाई नेपाल परिवार दलले सघाउने भएको छ।
परिवार दलका महामन्त्री विनोद डाँगी नेतृत्वको केन्द्रीय पदाधिकारीले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटेर नेकपा उम्मेदवारलाई सघाउने छलफल गरेका हुन्।
विगतकै सहमतिलाई निरन्तरता दिएर नेकपा उम्मेदवारलाई पार्टीले सघाउने निर्णय भएको परिवार दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।
परिवार दलले २०७४ सालको चुनावमा वामगठबन्धनलाई सघाएको थियो भने अध्यक्ष एकनाथ ढकाल वामगठबन्धनबाट समानुपातिक उम्मदवार थिए।