राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा अमेरिका प्रस्थान गरेका छन्।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थापा अमेरिकाका लागि उडेका हुन्।
वासिनटनमा हुने इन्टरनेसनल डेमोक्रयाटिक युनियनको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अध्यक्ष थापा अमेरिका गएका राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
थापा अमेरिका रहँदा प्रवासी नेपाली एकता समाजको अधिवेशनमा पनि सहभागी हुनेछन्।