नेपाली कांग्रेसले अतिक्रमित भूमि फिर्ता र सीमा विवाद हल गर्न प्रधानमन्त्रीले एक्सन चाल्नुपर्ने बताएको छ।
आइतबार प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विवाद हल गर्न प्रधानमन्त्रीले तत्काल एक्सन थाल्नु पर्ने बताएका हुन्।
सीमा विवाद हल गर्न कांग्रेसले तीन सुझाव पनि दिएको छ।
शर्माले भारतसँग तत्काल उच्चस्तरीय संवाद अघि बढाउन आग्रह गरेका छन्। नेपालको आफ्नो नक्सा जारी गरेर अडानमा प्रष्टता राख्न र भारतीय सुरक्षा बल नेपाली भूमिबाट फिर्ता पठाउन पनि कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।
‘देश सरकारसँग कालापानी प्रकरणमा रियाक्सन होइन एक्सन प्रतिक्षा गरिराखेको छ,’ शर्माले ट्वीट गरेका छन्।
आइतबार नै प्रधानमन्त्री ओलीले राष्ट्रिय युवा संघ नेपालको एकता भेलामा अतिक्रमित भूमि फिर्ता ल्याइने बताएका थिए। साथै उनले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन्।