नेपाली कांग्रेसका प्रदेश नम्बर २ का सांसद ओमप्रकाश शर्मा र कांग्रेस वीरगञ्ज नगरकार्यसमिति सभापति भोला कलावारबीच कुटाकुट भएको छ।
बुधबार बिहान वीरगञ्ज आदर्शनगरमा रहेको बब्लु चिया पसलमा शर्मा र कलवारबीच कुटाकुट भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले कुटपिटको घटनाबारे हल्ला सुने पनि प्रहरी कार्यालयमा लिखित उजुरी नआएको बताए।
‘कुटपिट भएको भन्ने हल्ला सुनेको हुँ,’ उनले सेतोपाटीसँग भने, ‘लिखित उजुरी अहिलेसम्म आएको छैन।’
नगर सभापति कलवार वीरगञ्जमा टाउन हल सञ्चालन पनि गर्छन्।
महानगरबाट टेण्डर पारेर कलवारले उक्त टाउन हल सञ्चालन गरे पनि न्यून पैसामा चलाएको भन्दै सांसद शर्माले सार्वजनिक कार्यक्रममै अभिव्यक्ति दिएपछि उनीहरूको सम्बन्ध चिसिएको थियो।