नेपाल विद्यार्थी संघले लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत नेपालका भूमि समेटेर नयाँ नक्सा बनाउन विद्यार्थीलाई सिकाएको छ।
‘चिनौं सिमाना, जोगाउ माटो’ अभियान सुरू गरेको नेविसंघले बिहीबार काठमाडौंको दरबार हाइस्कुलका विद्यार्थीलाई नक्सा बनाउन सिकाएको हो।
नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी नेतृत्व समूहले नयाँ नक्सा बनाउन सिकाएका हुन्।
सरकारले विद्यार्थीलाई गलत नक्सा बनाउन सिकाएको भन्दै नेविसंघले नेपालका भूमि समेटेर नयाँ नक्सा बनाउने अभियान चलाएको नेविसंघका नेता मनिष सिंखडाले जानकारी दिए।
भारतले राजनीनिक नक्सामा नेपालका भूमि समावेश गरेपछि विरोध भइराखेको छ।