सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक शुक्रबार पुनः बस्नेगरी स्थगित भएको छ।
बुधबार बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने महासचिव विष्णु पौडेलले सांगठानिक तथा विधान संशोधन प्रस्ताव पेश गरेका छन्।
प्रतिवेदन प्रस्तुत गर्नुपहिले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकारले अहिलेसम्म गरेका कामहरूबारे बिफ्रिङ गरेका थिए। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केन्द्रीय सदस्यहरुलाई १५ वटा समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गर्न एक दिनको समय दिइएको छ।
बिहीबार केन्दीय सदस्यहरुले आफ्नो समूहमा छलफल गर्नेछन्। उक्त छलफलको निश्कर्ष टोली नेताहरुले शुक्रबार बस्ने बैठकमा पेश गर्नेछन्।
‘माघ १७ गते दिउँसो १ बजे पुनः बैठक बस्नेछ। उक्त बैठकमा प्रतिवेदनहरूमाथि छलफल हुनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘बैठकमा टोली नेताहरूले प्रतिवेदनका निष्कर्ष प्रस्तुत गर्नुहुनेछ।’