इराकको राजधानीमा बिहीबार सबेरै रकेट आक्रमण भएको छ।
उच्च सुरक्षा व्यवस्था गरिएको ‘ग्रीन जोन’ मा आक्रमणकारीले दुई रकेट प्रहार गरेका हुन्।
घटनास्थललाई अमेरिकी नेतृत्वको गठबन्धन सेनाले छाड्न लागेको केहि घण्टा अगाडि आक्रमण भएको इराकी अधिकारीले बताएका छन्।
इराकमा झण्डै ७५ हजार अमेरिकी नेतृत्वको गठबन्धन सेना रहेका छन्। उनीहरू जिहादी विद्रोहीसँग लड्नका लागि इराकमा अमेरिकी नेतृत्वमा गठबन्धन सेनाको परिचालन गरिएको छ। तर पछिल्लो महिना उनीहरूको सङ्ख्या घट्दै गइरहेको जनाइएको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण उनीहरूको भूमिका समेत कमजोर भएको बताइएको छ।
घटनामा परि मानवीय क्षतिको विवरण प्राप्त भएका छैन। यसैगरी आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन।