सरकारले अति आवश्यक वस्तुको उत्पादन गर्ने स्वदेशी उद्योगहरू चल्न दिने निर्णय गरेको छ।
तर उद्योगहरूले कामदारहरूलाई स्वास्थ्यका मापदण्ड पूरा गरेर उद्योगभित्रै राख्ने व्यवस्था गर्नुपर्ने छ। यसका लागि स्थानीय सरकारले सहजीकण गर्ने छ।
बिहीबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले साे निर्णय गरेकाे हाे।
त्यस्तै किसानलाई बालिनाली लगाउन नरोकिने भएको छ।
अहिले बाली काट्ने र रोप्ने बेला भएकाले किसानलाई अवरोध नगर्ने निर्णय बैठकले गरेको हो।
किसानले स्थानीय श्रमिक वा परिवारको सदस्य प्रयोग गरेर निर्वाध रुपमा कृषि कार्य गर्न पाउनेछन्। तर बैठकले किसानलाई कृषि कार्यको लागि बाहिरी श्रमिक नल्याउन आग्रह गरेको छ।
तामाकोसी, मेलम्ची लगायत ठूला आयोजनाले पनि बाहिरी आवागमन रोकेर आफूसँगै भएका कामदारमार्फत काम सूचारू गर्नसक्ने निर्णय बैठकले गरेको छ।
सरकारले ती ठूला आयोजनासँग अहिले ठूलो संख्यामा कामदार रहेको भन्दै बाहिरी आवगमनलाई रोकेर काम गर्न सक्ने बताएको हो।