नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाललाई फास्ट ट्र्याक आवश्यक नरहेको बताएका छन्।
प्रतिनिधि सभा बैठकमा बजेटसँग सम्बन्धित पूरक विधेयकहरु माथि छलफलका क्रममा सुवालले फास्ट ट्र्याक बनाए विदेशी आउने बताए।
'फास्ट ट्र्याक आवश्यक छैन। त्यो बजेट खारेज गर्नुपर्छ', सुवालले भने, 'विदेशी सजिलै आउनेछ त्यो फास्ट ट्र्याकबाट।'
सुवालले पूर्व प्रधानमन्त्री र मन्त्रीहरुले बजेटबारे आलोचना गरेर बोल्नुको अर्थ नरहेको बताए। 'आफू पदमा हुदाँ के के गरे त्यसले देश र जनताका लागि के के गरेँ भनेर बोल्नु भए हुन्थ्यो। बाँकी त अरु सांसदहरुले बोलि हाल्छन् नि।'
भिडिओ -