सिन्धुपाल्चोकमा गएको पहिरोमा परेकाहरूलाई उद्धार गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग माग गरेका छन्।
सिन्धुपाल्चोक बाह्रबीसे क्षेत्रमा गए राती आएको बाढी र पहिरोमा परेर अहिलेसम्म दुई जनाको शव भेटिएको छ। सभापति देउवाले पहिरोमा परेकाहरूको उद्धारमा खटिन कांग्रेस कार्यकर्तालाई निर्देशन पनि दिएका छन्।
‘सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुग्ने देखिएको छ,’ देउवाले भनेका छन्, ‘सिन्धुपाल्चोकका कांग्रेसका साथीहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु। सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु।’