‘जनयुद्ध’का पहिलो सहिद दिलबहादुर रम्तेलको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।
२०५२ फागुन १४ मा तत्कालीन राज्य पक्षबाट रम्तेल मारिएका थिए।
गत माघ २० र २१ मा चलेको गाउँ सभा बैठकले रम्तेलकको स्मृतिमा आज बिदा दिने निर्णय गरेको थियो।
गाउँपालिकाका अधिकृत अजय सुवेदीले निकालेको सूचनामा आज सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ।
हेर्नुस् सूचना: