पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कर्णाली प्रदेशले भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने संकेत दिएको बताएका छन्।
भट्टराईले गण्डकी र कर्णाली प्रदेशको सन्देश भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुँदैछ भन्ने रहेको सामाजिक सञ्जालमार्फत बताएका छन्। उनले कर्णालीले मूल्यमान्यताको राजनीतिलाई कानुनले नछेक्ने सन्देश दिएकोसमेत स्पष्ट पारे।
भट्टराईले मूल्यमान्यताको राजनीतिलाई कानुनी भ्रमजालले छोप्ने दुष्प्रयास नछर्न पनि आग्रह गरेका छन् । उनले कुनै घटनाको मुख्य चालक तत्व बाह्य नभएर आन्तरिक नै हुन्छ भन्ने नभुल्न पनि आग्रह गरेका छन् ।
भट्टराईले सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने नबिर्सन पनि आग्रह गरेका छन् । उनले कर्णालीको सन्देशलाई बुझेर भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने पनि उल्लेख गरेका छन् ।