प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालयमा पठाएका छन्।
सोमबार दिउँसो संसदमा भएको मतदान प्रधानमन्त्री ओलीले ९३ मतमात्र पाएका थिए।
उनको विपक्षमा १२४ मत परेको थियो भने १५ सांसद तटस्थ बसेका थिए।
बैठक सकिएलगत्तै सभामुख सापकोटाले विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालयमा पठाएका हुन्।
यसैबीच संसदका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकारका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन्।