नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ।
आज अपरान्ह सवा ३ बजेदेखि बैठक सुरू भएको हो। शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइए पनि दुई घण्टा ढिलो बैठक सुरू भएको छ।
केन्द्रीय समिति बैठकअघि शीर्ष नेताहरू छलफलमा जुटेका थिए।
कांग्रेसमा १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव छ। तर कोरोना महामारी चलिरहेको अवस्थामा कसरी महाधिवेशन गर्ने भन्नेमा भने यकिन भइसकेको छैन।
सभापति शेरबहादुर देउवाले महामारीबीच महाधिवेशन कसरी गर्ने भन्ने सुझाव दिन केन्द्रीय सदस्यलाई आग्रह गरेका थिए।