शनिबार दिउँसो बस्ने भनिएको नेकपा एमाले कार्यदलको बैठक अहिलेसम्म बस्न सकेको छैन।
कार्यदल बैठकअघि ओली-नेपाल पक्ष आन्तरिक छलफलमा जुटेका छन्।
ओली पक्ष सिंहदरबारमै बसेर छलफल गरिरहेको छ भने नेपाल पक्ष बबरमहलमा बसेर छलफल गरिरहेको छ।
केही कुरामा सहमति हुन बाँकी रहेको नेताहरूले बताएका छन्।
कांग्रेस सभापति देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले लिँदै आएका छन्।
हस्ताक्षर फिर्ता लिएमा प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता हुनुपर्ने अडान नेपाल पक्षको छ।
दुबै पक्षलाई मान्य हुनेगरी बीचको बाटो खोज्ने प्रयास कार्यदलले गरेको छ।