नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ।
नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बिहान ९ बजे बैठक बस्ने कांग्रेस सचेतक सुशिला थिङले जानकारी दिइन्।
बैठकमा बिहीबारको प्रतिनिधि सभामा भएको घटनाको समीक्षाका साथै आजको प्रतिनिधि सभा बैठकबारे छलफल हुने उनले बताइन्।
बिहीबारको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबची धकेलाधकेल भएको थियो।
कांग्रेसले वेल घेरेर नाराबाजी गरिरहँदा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि वेल घेरिरहेका कांग्रेस सांसदहरूले बाटो छेकेका थिए।
गृहममन्त्रीलाई बाटो छेकेपछि एमाले संसदीय दलका नेता केपी ओली उठेर नाराबाजी भइरहेको स्थामा पुगेका थिए। त्यसपछि कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेलको अवस्था आएको थियो।
आज बस्ने कांग्रेस संसदीय दलको बैठकले उक्त घटनाको समीक्षा गर्ने सचेतक थिङले बताइन्।
‘इतिहासमा नभएको घटना भएको छ। यसको समीक्षा हुन्छ। आजको प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल हुन्छ,’ उनले भनिन्।
प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दैछ।