मधेश प्रदेशमा सत्तारूढ गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन्।
बुधबार साँझ सकिएको मतगणनामा माओवादी केन्द्रकी अर्यालले ६ हजार १ सय ५६ मतभार पाएकी छन्।
उनले लोकतान्त्रिक समाजवादी पार्टीकी रूपाकुमारी यादवलाई हराएकी हुन्। यादवलाई नेकपा एमालेले समर्थन गरेको थियो।
अन्यतर्फको एक जना राष्ट्रिय सभा सदस्यका लागि मतगणना भइरहेको छ।