संघीय संसदको उपल्लो सदन राष्ट्रियसभामा झन्डै एक तिहाइ नयाँ सदस्य आएका छन्।
बुधबार सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन्। जसमध्ये ७ जना महिला निर्वाचित भएका छन्।
बाँकी अन्यबाट ७, दलितबाट ३ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ जना निर्वाचित भएका छन्। निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ।
१९ मध्ये सत्तारूढ पाँच दलीय गठबन्धनले १८ सिट जितेको छ भने एक सिट नेकपा एमालेले जितेको छ।
विजयी हुने सबै सात जना पाँच दलीय गठबन्धनका नेता छन्। जसमध्ये ४ जना नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका छन्। यस्तै २ जना नेपाली कांग्रेसबाट निर्वाचित हुँदा माओवादी केन्द्रबाट १ जना महिला निर्वाचित भएकी छन्।
को को हुन् निर्वाचित महिला
- जयन्ती देवी राई, नेकपा (एकीकृत समाजवादी)- प्रदेश १
- उर्मिला अर्याल, नेकपा माओवादी केन्द्र - मधेश प्रदेश
- गोमादेवी तिमल्सिना, नेकपा (एकीकृत समाजवादी)- बागमती प्रदेश
- कमला पन्त, नेपाली कांग्रेस - गण्डकी प्रदेश
- राजेन्द्रलक्ष्मी गैरे, नेकपा एकीकृत समाजवादी- लुम्बिनी प्रदेश
- दुर्गाकुमारी गुरूङ, कांग्रेस- कर्णाली प्रदेश
- मदन कुमारी शाह (गरिमा), नेकपा एकीकृत समाजवादी - सुदूरपश्चिम प्रदेश
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८, १०:५९:००