नेपाल समाजवादी पार्टीले प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख तोकेको छ।
नेता विश्वदीप पाण्डेलाई प्रचार विभाग प्रमुख बनाइएको पार्टीले जनाएको छ।
काठमाडौंमा बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाण्डेलाई प्रचार विभाग प्रमुख बनाउने निर्णय गरेको हो।
पाण्डे बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए।
यसैगरी पार्टीले केन्द्रीय कार्यालय प्रमुखमा नेता फणिन्द्र देवकोटालाई जिम्मेवारी दिएको छ।