आफ्नो कार्यकाल सकिन लाग्दा प्रदेश-१ सरकारले मुख्य न्यायाधिवक्ता परिवर्तन गरेको छ।
भोजराज श्रेष्ठले राजीनामा दिएपछि परिवर्तन राईलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो।
मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको मन्त्रीपरिषद्ले गत साल २०७८ मंसिरमा मात्रै मुख्य न्यायाधिवक्तामा श्रेष्ठलाई नियुक्त गरेको थियो।
नवनियुक्त मुख्य न्यायाधिवक्ता राईले शपथ लिएका छन्। राईलाई उच्च अदालत विराटनगरका कायम मुकायम न्यायाधीश सत्यमोहन जोशीले शपथ गराएका हुन्।