लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले सर्लाहीमा उम्मेदवारी दिएका छन्।
उनले सर्लाही क्षेत्र नम्बर २मा उम्मेदवारी दिएका हुन्। उनले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
लोसपाले सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी चुनाव लड्न लागेको हो।