कास्की– ३ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धन र एमाले दुबैका विरूद्ध बागी उम्मेदवारी परेको छ।
माओवादी केन्द्रका नेता रामजी बराललाई सत्ता गठबन्धनले आधिकारिक उम्मेदवार बनाएको थियो। बरालले उम्मेदवारी दर्ता गरेपछि माओवादी कार्यकर्ता अनिता भुर्तेलले पनि सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएकी छिन्।
यस्तै, एमाले उम्मेदवार विरूद्ध पनि बागी उम्मेदवारी परेको छ।
एमालेले उक्त क्षेत्रबाट दामोदर पौडेल ‘बैरागी’ लाई उठाएको छ। बैरागीले उम्मेदवारी दिएपछि एमाले कार्यकर्ता जगन्नाथ बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
पार्टीले उचित मूल्यांकन नगरेको भन्दै उनीहरुले बागी उम्मेदवारी दिएका हुन्।