राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ भएको छ।
सोमबार उनको राष्ट्रपति निवास शीतलनिवासबाट बिदाइ गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रपति भण्डारीको बिदाइ गरिएको हो।
उनलाई नेपाली सेनाले २१ तोपको सलामी दिएर बिदाइ गरिएको छ। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मायाको चिनोको रूपमा आँखीझ्याल दिएका थिए।
उनी आज बालुवाटारस्थित छोरीको घरमा सर्ने तयारी रहेको स्रोतले जनाएको छ।
बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित भण्डारीको घरमा मर्मतको काम भइरहेको हुँदा उनी छोरीको घरमा सर्न लागेकी हुन्।
व्यक्तिगत खर्चमा भण्डारीको घर मर्मत भइरहेको छ। २०७२ को भूकम्पका कारण यो घरमा क्षति पुगेको थियो।
राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी यही घरमा सर्ने तयारीसहित केही समयदेखि मर्मत कार्य अघि बढाइएको थियो। गत फागुन २० मै मर्मत सक्ने भनिए पनि त्यसअनुसार काम हुन नसक्दा भण्डारी आज यो घरमा सर्न नसक्ने देखिएको हो।
यो पनि: शितलनिवास छाड्दै निवर्तमान राष्ट्रपति भण्डारी, सकिएन घर मर्मत (तस्बिरहरू)