बाजुराको कोल्टीस्थित बुढीनन्दा क्याम्पसमा प्रहरीले हवाईफायर गरेको छ।
स्ववियुको चुनावमा भएपछि ढुंगामुढा भएको थियो।
प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले ढुंगामुढा भएपछि प्रहरीले हवाईफायर गरेको बताए।
‘शान्तिपूर्ण तरिकाले निर्वाचन भइरहेको बेलामा दिउँसोपख ढुंगामुढा भयो। ढुंगामुढा भएपछि प्रहरीले हवाईफायर गरेको हो,’ उनले भने।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २४ राउन्ड हवाईफायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए।
अहिले स्थिति नियन्त्रणमा आइसकेको पनि उनले बताए। यसबारेमा सर्वदलीय बैठक बसिरहेको छ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९, १५:०३:००