प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतमाथि मतदान हुँदैछ।
मतदान सुरू हुनुअघि प्रतिनिधि सभा बैठकमा जनाउ घन्टी बजाइएको छ।
प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेससहित ११ दलले विश्वासको मत दिने तयारी गरेका छन्।
नेकपा एमाले र राप्रपाले भने विश्वासको मत नदिने बताएका छन्।
प्रधानमन्त्रीले विश्वासको मत पाउन १३८ जना सांसदको साथ लिनुपर्ने हुन्छ। ११ दलका सबै सांसदले मतदान गरेमा प्रधानमन्त्रीले सजिलै विश्वासको मत पाउनेछन्।
सांसदहरू प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका पक्ष वा विपक्षमा मतदानका लागि जानेछन्। केहीबेरमा मतपरिणाम सार्वजनिक हुनेछ।