सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरूद्धको कुरा भएको बताएकी छन्।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उक्त विधेयकप्रति असहमत हुनु शान्ति प्रक्रिया विरूद्धको कुरा भएको बताएकी हुन्।
उनले शान्ति प्रक्रियालाई मन नपराउने र शान्ति प्रक्रियालाई बेठिक ठान्नेहरूले यसको विरोध गरेको बताइन्।
उनले यो विधेयक विगतमा शान्ति सम्झौता गर्नेहरू सबैको साझा विषय भएको बताएकी हुन्।
‘यो विषयलाई पूर्ण रूपमा असहमति भन्ने कुरा त शान्ति प्रक्रियाको विरूद्धको कुरा भयो। हामी शान्ति प्रक्रियाको विरूद्धमा कि
समर्थनमा भन्दा त हामी शान्ति प्रक्रियाको समर्थनमा छौं। त्यसकारणले गर्दा पूर्ण रूपमा शान्ति प्रक्रिया मन नपराउने, शान्ति प्रक्रियालाई बेठिक छ भन्ने, शान्ति प्रक्रिया हुनुहुन्नथ्यो भन्ने शक्ति त कुनै हुन पनि सक्ला, कसैलाई लाग्न पनि सक्ला,’ उनले भनिन्, ‘तर आजको दिनमा संसदभित्र आउँदाखेरी हिजो सम्झौतामा बस्ने सबै राजनीतिक दलको साझा विषय हो। त्यो मात्रै होइन कि
हिजो सम्झौता गर्नेहरूको सबैको साझा विषय त हुँदै हो।’