नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आदर्श र मूल्यमान्यताको राजनीति संकटमा परेको बताएका छन्।
आज काठमाडौंमा स्व. नवीन्द्रराज जोशीको सालिक अनावरण कार्यक्रममा बोल्दै सिंहले २०४६ सालको जनआन्दोलनपछि आदर्श र मूल्यमान्यताको राजनीति संकटमा परेको बताएका हुन्।
‘संस्थापक नेताहरूको जस्तो आदर्शको राजनीति अहिले कांग्रेसले भुल्दै गएको छ,’ उनले भने, ‘संस्थापक नेताहरूले देखाएको बाटोमा हामीले ध्यान दिन सकेका छैनौं।’
उनले संकटका बेला नवीन्द्रराज जोशीसँग मिलेर काठमाडौंमा संगठन बिस्तार गरिएको पनि स्मरण गरेका थिए।