पहिचानवादीहरूले कोशीका मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा माग्दै विराटनगरमा प्रदर्शन गरेका छन्।
कोशी प्रदेशको नाम खारेजी माग र प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा गर्न भन्दै उनीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले कालो झण्डा बोकेर प्रदर्शन गरिरहेका छन्।
गत चैत ५ गते प्रदर्शनका क्रममा घाइते पदम लिम्बूको उपचार क्रममा मृत्यु भएको थियो।
प्रदेश सभाले फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो। उक्त निर्णयको विरोधमा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो।
प्रहरीको लाठी लागेर घाइते भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहत लिम्बूवान भोलेन्टियर्सका केन्द्रीय सह-कमाण्डर पदमबहादुर लिम्बूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको थियो।
उनीहरूले घटनाबारे निष्पक्ष छानबिन गर्न समेत माग गरेका छन्। सोमबार बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले नेपाल सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने र मृतकका परिवार लागि राहतस्वरूप तीन लाख रुपैयाँ दिने निर्णय गरेको थियो।
तस्बिरहरू:













