नेकपा (एमाले) को सचिवालय बैठक जारी छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरू भएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।
बैठकमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्ने लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।
बारा क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २मा उपनिर्वाचन हुन लागेको हो।