प्रदेश नम्बर ५ को योजना आयोग उपाध्यक्षमा ईश्वर गौतम नियुक्त भएका छन्।
बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसका पूर्वप्रमुख रहेका उनलाई प्रदेश मन्त्री परिषदको सोमबारको बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो।
यसअघिका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले राजीनामा दिएपछि रिक्त रहेको पदमा गौतमलाई नियुक्त गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए।
बुटवल घर भएका उनी अर्थशास्त्रको विज्ञको रूपमा परिचत छन्।
उनले औद्योगिक क्षेत्रमा काम गर्ने मजदूरको अवस्थामा विद्यावारिधि गरेका छन्। गौतम २२ वर्षसम्म लुम्बिनी वाणिज्य क्याम्पसको प्रमुख पनि भए। यसअघिका उपाध्यक्ष श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएर गएपछि उपाध्यक्ष पद खाली थियो।