ललितपुरको कुपन्डोलमा कार अनियन्त्रित हुँदा एनपिपी रेष्टुरेन्टभित्र पसेको छ।
सोमबार दिउँसो सर्भिसिङ गराएर आएको प्रदेश ३ बिएए ३०६९ नम्बरको गाडी अनियन्त्रित भइ रेष्टुरेन्टभित्र छिरेको प्रहरीले जनाएको छ।
उक्त गाडी मुनीराज उपाध्यायको रहेको पुल्चोक प्रहरी प्रभागले जनाएको छ।
‘सर्भिसिङ गरिसकेर ल्याउँदै गरेको रहेछ, पछि अनियन्त्रित भई दुर्घटना हुन पुग्यो’ पुल्चोक प्रहरी प्रभागका इन्स्पेक्टर माधव केसीले भने।
उक्त दुर्घटनाबाट दुई जना मोटरसाइकल चालक पनि घाइते भएको इन्स्पेक्टर केसीले बताए।
कार छिरेपछि एनपिपी रेष्टुरेन्टमा क्षति पुगेको छ। तर कति क्षति भयो त्यसको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ।
अहिले कार निकालिएको उनले जनाए। ‘कारको अगाडि भागमा भने क्षति भएको छ’, उनले भने।