राष्ट्रिय अनुसन्धान विभागले दुई सय ३२ जना सहायक सूचक मागेको छ।
विभागले शुक्रबार सूचना प्रकाशित गरी रिक्त सहायक सूचक पदका लागि दरखास्त आह्वान गरेको हो।
एसएलसी वा एसइई उत्तीर्ण नेपाली नागरिकले यस पदमा आवेदन दिन सक्नेछन्।
१८ वर्ष पुरा भई २५ वर्ष ननाघेकाले माघ १९ गतेसम्म आवेदन दिन सकिने विभागले जनाएको छ।
योग्यता पुगेकाले विभागको वेबसाइट nidept.gov.np मार्फत् अनलाइनबाटै आवेदन भर्न सक्नेछन्।
लिखित परीक्षा, स्वास्थ्य परीक्षण र अन्तर्वार्ताबाट कर्मचारी छनोट गरिने छ।
विभागका अनुसार आवेदनका लागि परीक्षा दस्तुर एक सय ५० रुपैयाँ र समावेशी समूहका लागि भने थप ३० रुपैयाँ लाग्नेछ।
माघ २० देखि माघ २६ गतेभित्र भने दोब्बर दस्तुर तिरी दर्खास्त दर्ता गर्न सकिनेछ।
माग गरेका सूचकमध्ये १०४ जना समावेशी समूहबाट छनोट गर्ने विभागले जनाएको छ।