कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा श्रीमान–श्रीमतीको ‘रहस्यमय’ हत्या भएको छ।
बिहीबार दिउँसो ५० वर्षीय श्रीमान जयलाल भण्डारी र २० वर्षीया धना भण्डारीको आफ्नै घरमा हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर सुरज कार्कीले सेतोपाटीलाई जानकारी दिए।
‘श्रीमान श्रीमतीको हत्या भएको देखिएको छ, घटनास्थलमा रगत देखिएको छ,’ इन्स्पेक्टरले कार्कीले भने, ‘हतियार अहिलेसम्म फेला परेको छैन अनुसन्धान गर्दैछौं।’
हत्या गरिएकी धना भण्डारीकी फुपूकी छोरीले घरमा दुध पुर्याउने गर्थिन्। दूध पुर्याउने क्रममा फुपूकी छोरीले ढलिरहेको देखेपछि आफ्नी आमालाई खबर गरेकी थिइन्। लगत्तै प्रहरीलाई घटनाबारे जानकारी गराइएको थियो।
घटनास्थलमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।