तुलसीपुरमा एक व्यक्ति मृत फेला परेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौराको खेतमा बिहीबार बिहान मृत फेला परेका ती व्यक्ति तुलसीपुर १३ का ६२ वर्षीय लालबहादुर डाँगी रहेको प्रहरीले बताएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता चक्रडम्मर पालका अनुसार डाँगी बुधबार बेलुका घरबाट हिँडेका थिए।
डाँगीको मृत्युको कारण खुल्न नसकेको तथा घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक पालले जानकारी दिए।
शव पोष्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।