समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवलाई क्वारेन्टिनमा बस्न प्रशासनले निर्देशन दिएको छ।
पर्साबाट निर्वाचित संघीय सांसद यादवले हालै क्वारेन्टिनमा रहेकाहरू भेटेको भन्दै होम क्वारेन्टिनमा बस्न जिल्ला प्रशासन कार्यालय पर्साले निर्देशन दिएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले सांसद यादवलाई होम क्वारेन्टिनमा बस्न भनिएको बताए।
‘उहाँ रक्सौलतिर जानुभएको रहेछ। क्वारेन्टिनमा बसेकाहरूसँग भेट गर्नु भएको भन्ने छ,’ प्रजिअ कार्कीले सेतोपाटीसँग भने, ‘उहाँलाई होम क्वारेन्टिनमा बस्नु भनेको छु।’