काठमाडौं उपत्यकामा थप पाँच जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले भक्तपुर कमलविनायककी ३१ वर्षीया महिला र काठमाडौं महानगरका ४ जना संक्रमित थपिएका जानकारी दिएका हुन्।
काठमाडौंका ३१ र ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरूषमा संक्रमण देखिएको हो।
शनिबारमात्रै ३२३ जना कोरोना संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या १३ पुगेको छ।
हालसम्म नेपालमा ३२३५ जना कोरोना संक्रमित छन् भने ३६५ जना उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन्।