काठमाडौंबाट मकवानपुर जाँदै गरेको जीपमा पहिरो बस्दा एक जनाको मृत्यु भएको छ।
मकवानपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाका अनुसार बुधबार इन्द्रसरोवर गाउँपालिका-२ देउरालीमा बा १७ च ४८७४ नम्बरको स्कोर्पिओमाथि ढुङ्गामाटो सहितको पहिरो खसेको हो।
पहिरोले पुरिएपछि चालक बारा पर्सौनी गाउँपालिका-४ का ४० वर्षीय युनिश आलमको मृत्यु भएको हो।
डिएसपी रानाका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो।
शव पोष्टमार्टमको लागि हेटौंडा लगिएको छ।