दाङमा मामा घर जान भनि हिँडेकी एक बालिकाको खोलाले बगाउँदा मृत्यु भएको छ।
जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ८ स्याला निवासी ६ वर्षीया कविता सुनारको स्थानीय खोलाले बगाउँदा मृत्यु भएको हो।
भोजराज सुनारकी छोरी कविता सोही गाउँपालिकाको वडा नं. ७ को गठीस्थित मामाघर जान खोज्दा मंगलबार बेलुका ७ बजेतिर नेवारी खोलाले बगाएको थियो।
उनको शव पौने ८ बजेतिर फेला परेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ।