कैलालीको गोदावरी नगरपालिकाका ४ वटा पसलमा आगलागी भएको छ।
गोदावरी नगरपालिका वडा नम्वर ५ का रमेश चौधरी, जगदीश चौधरी र शिव चरण रानाको किराना पसल तथा केशव बोहराको चिया पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए।
बिहीबार बिहान साढे ३ बजेतिर पसलमा बिजुली सर्ट हुँदा ती ४ वटै पसलमा आगलागी भएको प्रहरीले जनाएको छ।
आगो लागेको करिब एक घण्टापछि गोदावरी नगरपालिकाको दमकल र गेटास्थित प्रहरी बिटबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। ती पसलका सामान भने जलेर नष्ट भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए।
पसल संञ्चालकहरुका अनुसार साढे तीन लाख बराबरको क्षति भएको हुन सक्ने प्रहरी नायव उपरीक्षक बिष्टले बताए।