कैलाली जिल्लाका एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ।
कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नं. १ निवासी ६० बर्षीय पुरुषको उपचारका क्रममा आइतबार विहान १ बजे मृत्यु भएको छ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
स्वास्थ्यमा समस्या उत्पन्न भएपछि कात्तिक १४ गते उनलाई अस्पताल भर्ना गरिएकोमा १५ गते पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो।
स्वास्थ्यमा सुधार नआएपछि उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
यो सँगै उपचारका लागि बाहिरी जिल्लाहरूबाट बाँके लगिएका २० जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला फोकल पर्सन श्रेष्ठले जानकारी दिएका छन्।
त्यस्तै बाँके जिल्लाका भने थप ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।
हालसम्म सबै गरि बाँकेमा ५० जना संक्रमितको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए।